नेपाली चलचित्र छक्का पञ्जा युटुबमा ३ करोड पटक हेरिने चलचित्र बनेको छ । यस चलचित्रमा दिपक राज गिरी मुख्य अभिनेताका रुपमा छन् भने निर्देशन दिपाश्री निरौलाले गरेकी हुन् । चलचित्रमा गिरीसँगै प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे आदिको अभिनय रहेको छ ।