र्देशक सुर्वण थापाले ‘म’ नामक फिल्म निर्देशन गर्ने भएका छन्। कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको ‘म’ को सोमबार एकेडेमी परिसरबाटै शुभ साइत गरिएको हो। 

फिल्म आगामी पुस ११ गतेबाट छायांकन सुरु हुने छ। दुई वर्षअघि घोषणा गरिएको यो फिल्म कोरोनाका कारण छायांकन सुरु हुन सकेको थिएन।

फिल्मको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन्। फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सबिन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठलगायत कलाकारको अभिनय छ।

फिल्ममा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ। पदम पुरी सह-निर्माता र विमला हुमागाईं निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन्। निर्देशक सुवर्ण थापाले फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने जानकारी दिए। 

अभिनेता सरोज खनालले फिल्मको नाम ‘म’ भए पनि समाजभित्रको कथा भन्ने बताए। उनले भने, ‘यो फिल्मले समाजभित्रको कथा भन्छ। फिल्म हेर्दा दर्शकहरुले आफ्नै कथा पाउनु हुनेछ। यसर्थमा यो फिल्म समाजको ऐना हो।’
 अभिनेत्री लामिछानेले पनि फिल्मको कथा नेपाली समाजभित्रैको रहेको बताएकी छन्। फिल्ममा आफ्नो भूमिका दर्शकले फरक पाउने उनको दाबी छ।

सबिन श्रेष्ठले भने यो फिल्म आफ्नो कमब्याक हुन सक्ने बताए। ‘म’ मा दर्शकले आफूलाई फरक रुपमा देख्न पाउने उनको भनाइ छ। यस्तै, निराजन प्रधान र रुविना थापाले फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेकाले काम गर्न लागेको बताए। रुविनाको यो तेस्रो फिल्म हो भने निराजनले यही फिल्मबाट लिड नायकको रुपमा डेब्यू गर्दै छन्।

निर्देशक सुवर्ण थापाको ‘सुनगाभा’ ले समीक्षकबाट प्रशंसा पाएको थियो। म अघि उनले ‘राधा’ फिल्मको छायांकन पनि सकाइसकेका छन्।    
 

By repoter

Leave a Reply

Your email address will not be published. Required fields are marked *