‘रेलको बाटो’ शीर्षकमा चलचित्र बन्ने

Byrepoter

२० पुष २०७८, मंगलवार ११:०६ २० पुष २०७८, मंगलवार ११:०६ २० पुष २०७८, मंगलवार ११:०६ , ,

‘रेलको बाटो’ गीतलाई स्रोता–दर्शकले निक्कै रुचाएसँगै अब यही नाममा चलचित्र बन्ने भएको छ । मोडल तथा अभिनेता जीबी चिरन (चिरञ्जीवी सापकोटा)ले आफूहरु ‘रेलको बाटो’ नाममा चलचित्र बनाउने तयारीमा रहेको जानकारी अनलाइन खबरले दिएको छ ।
समचारमा भनिए अनुसार विन्दास प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुन लागेको हो ।
समाचारमा भनिएको चलचित्रको पटकथा जीबी चिरन आफै लेख्दैछन् । अब एक दुई दिनमा नाम दर्ता गर्न पठाइनेछ ।
चलचित्रको शीर्ष भूमिकामा जीबी देखिनेछन् ।
गत वर्ष सार्वजनिक ‘रेलको बाटो’ बोलको गीतले निक्कै प्रशंसा पायो । कर्णालीको वास्तविक कथा, व्यथा बोलेको यस गीतलाई स्रोता–दर्शकले निक्कै रुचाए । लेखराज गिरीको शब्द, सुरज पण्डितको स्वर एवं संगीत रहेको गीतको फिमेल भर्सन समेत तयार भइसकेको छ । फिमेल भर्सनको गीतमा स्मृति शाहीले स्वर दिएकी छन् ।
सोही गीतको नाममा बन्न लागेको चलचित्र कर्णालीकै कथा, व्यथामा केन्द्रित हुने जनाइएको छ ।

By repoter

Leave a Reply

Your email address will not be published. Required fields are marked *