नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मंगलबार युट्युबमा सार्वजनिक भएको छ ।रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारको अभिनय छ ।
यो चलचित्रले व्यावसायिक रुपमा सफल भएको थियो । ‘कबड्डी’का हरेक सिरिज व्यावसायिक रुपमा सफल छन् । यतिबेला ‘कबड्डी’को चौथो सिरिज निर्माणको क्रममा छ । चलचित्रको केही दिनअघि मात्रै छायाँकन सकिएको छ ।
हेर्नुहोस चलचित्र