तान्या श्रोफ

अहान शेट्टी आफ्नो डेब्यू फिल्म तडपका कारण चर्चामा छन् । उनको फिल्मले पहिलो र दोस्रो दिन बक्स अफिसमा शानदार व्यापार गरेको छ । अहान शेट्टीको यो फिल्मको बुधबार मुम्बईमा स्पेशल स्क्रिनिङ राखिएको थियो, जसमा उनकी प्रेमिका तान्या श्रोफ पनि पुगिन् । तान्या असाध्यै सुन्दर छिन् र आफ्नो तस्बिरमार्फत् सोसल मिडियामा छाइरहन्छिन् । अहान शेट्टीकी प्रेमिका तान्या श्रोफ फेसन मोडल हुन् र सोसल मिडिया सेलिब्रिटी हुन् । साथै उनको फ्यान फलोविङ पनि असाध्यै बलियो छ ।

हान शेट्टीकी प्रेमिका तान्या श्रोफलाई देखेर प्रशंसक यो जान्न इच्छुक छन् कि आखिर तान्या के गर्छिन् र यी दुई कहिलेदेखि सम्बन्धमा छन् । स्मरण रहोस्, तान्या श्रोफ सन् २०१५ देखि मोडलिङ क्षेत्रमा सक्रिय छिन् । उनले हालसम्म थुप्रै चर्चित ब्रान्डसँग काम गरेकी छिन् । तान्याका पिता चर्चित उद्योगपति जयदेव श्रोफ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *