बहुप्रतिक्षित भारतिय चलचित्र ‘आरआरआर’को प्रदर्शन स्थगित गरिएको छ । चलचित्रको आधिकारिक सामाजिक सन्जालबाट जानकारी दिएर चलचित्र स्थगन गरिएको हो ।
फेसबुकमा लेखिएको पोष्टमा भनिएको छः सम्बन्धित मानिसहरुको फाइदाको लागि हामी यो चलचित्रको प्रदर्शन सार्न बाध्य भएका छौ।’ पोष्टमा भारतका धेरै राज्यले आफ्ना थिएटर बन्द गरेकोले पनि चलचित्र सार्न परेको जनाइएको छ ।
उक्त पोष्टमा चलचित्रसँग सम्बन्धित मानिसहरुले दर्शकसँग माफि माग्दै फेरी चलचित्रको उत्सव लिएर आउने भनिएको छ ।
उक्त चलचित्रको निर्देशक एस एस राजामौली हुन् । चलचित्रमा जुनियर एनटिआर, रामचरण, आलिया भट्ट, अजय देवगण आदि कलाकार रहेका छन् । चलचित्र यहि जनवरी ७मा रिलिज हुने तयारी थियो जसको लागि चलचित्रको प्रचार आक्रमक बनाइएको थियो ।