चलचित्र ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक गरिएको छ l म्युजिक नेपालको युट्युब च्यानलमा टिजर सार्वजनिक भएको हो l चलचित्रमा गाउँबाट सहर आएको एउटा युवाको कथा समेटिएको छ ।
चलचित्रको निर्देशन दिनेश पाल्पालीले गरेका हुन् । निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत मानिसको अन्तर यात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने खोजेका छन् l
दिनेशले यसअघि फिल्म ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए । चलचित्रमा दिव्य देव, निकुन श्रेष्ठ, नवीन लम्साल, रबिन तामाङ र सृष्टि श्रेष्ठलगायतको अभिनय रहेको छ ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।
उज्जल बस्ताकोटीले छायाङ्कन गरेको ‘चिसो एस्ट्रे’लाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।