नेपाली चलचित्र ‘चपली हाइट’ले आफ्नो नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ । यसअघि पुष २ गते प्रदर्शन हुने भनिएको चलचित्र अब पुष १५ गते प्रदर्शन हुने भएको छ ।
चलचित्रका निर्माता अर्जुन कुमारले प्रेस विज्ञप्ती जारी गर्दै तलचित्रको प्रदर्शन मिति परिवर्तन भएको जानकारी दिए । विज्ञप्तीमा उनले साउथ इन्डियन चलचित्र ‘पुष्पा’ र हलिउड चलचित्र स्पाइडर म्यान प्रदर्शनमा आएकोले आफ्नो चलचित्र सार्न बाध्य भएको बताएका छन् ।
