निर्देशक तथा अभिनेता निश्चल बस्नेतले र्यापर बालेन शाहलाई काठमाडौको मेयरको लागि भोट दिन आग्रह गरेकाछन् । उनले फेसबुकमा पोस्ट लेख्दै उसले आटेको छ केहि गर्छु भनेर तात्तिएको छ उसले काठमाडौको लागि काम गर्छु भनेको छ भोट हाल्ने हाम्रो काम चै पूरा गरौं भनेर भनेका छन् ।
उनको स्टाटस यस्तो छ ‘उसले मेयरमा लड्छु भनेर आटेको छ केही गर्छु भनेर तात्तेको छ .. He wants to lead by example … Lets make him an example and see how change can happen … उसले काम गर्छु काठमाडौको लागि भन्दैछ , भोट हाल्ने हाम्रो काम चै हामी पूरा गरौं न है । #BalenForMayor’
यसअघि र्यापर बालेन शाहले अब आउने स्थानिय तहको चुनावमा काठमाडौको मेयरमा उठ्ने बताएका छन् । र्यापर बालेन शाहका धेरै गीत हिट छन् ।
