चलचित्र ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली’ गीत सार्वजनिक भएको छ । मेलिना राईको स्वरमा दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत दिएका छन् । गीतको भिडियोमा फिल्मका केही डरलाग्दा दृश्य समावेश गरिएको छ । हरर चलचचित्र को लेखन सम्पदा मल्लले गरेकी हुन् । भिमसेन लामाले निर्देशन गरेको चलचित्र पृथ्वी राना मगरले निर्माण गरेका हुन् । गौरी मल्ल, मिथिला शर्मा, कर्मा लगायतका अन्य कलाकारहरुको अभिनय चलचित्रमा देख्न सकिन्छ । फिल्म पुष १६ गतेबाट देशव्यापी प्रदर्शनमा हुने यसअघि नै जानकारी दिइएको छ।
चलचित्रको दुई हप्ता अघि सार्वजनिक भएको यसको ट्रेलरले राम्रो प्रसंशा पाईरहेको छ ।
