चलचित्र ‘कठपुतली’को दोश्रो ट्रेलर सार्वजनिक भएको छ ।
केही समय अघि सार्वजनिक भएको ट्रेलरले दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछी
निर्माण टिमले फिल्मको दोश्रो ट्रेलर रिलिज गरेका हुन् ।
मोज मस्ती गर्ने बहानामा राज्यमा शासन गर्ने राजाहरूले जनाताका चेलीबेटी माथि गर्ने शोषण, बलात्कार
जस्ता कामबाट आजित महिलाहरूले मृत्यु परान्त लिएको बदलालाई फिल्ममा देख्न सकिन्छ ।
फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् ।
कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा
लगायतका अन्य कलाकारहरूको मुख्य अभिनय रहेको छ । फिल्म पुष १६ मा रिलिज हुँदै छ l